
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेले जिम्मेवारी दिए पनि नदिए पनि आफू सक्रिय भइरहने बताएकी छिन् ।
काठमाडौँको बानेश्वर, थापागाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापनाको क्रममा सम्बोधन गर्दै उनले आफ्नो सदस्यताका विषयमा एमालेले प्रश्न उठाएकोमा आपत्ति समेत जनाईन ।
उनले नेकपा एमाले जन्मनुभन्दा अगाडि नै आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको भन्दै आफूले सदस्यता लिएको ४५ बर्ष भएको बताईन । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) भएको बताईन । उनले आफू एमाले नै भइरहने पनि बताइन्।









Facebook Comments