काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भू–भाग कालापानी र लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापार गर्ने विषयमा भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।

उनले भूगोल, अर्थतन्त्र, जनसङ्ख्यामा देशहरु सानो ठूलो हुनसक्छ तर नेपाल सार्वभौमसत्ता सम्पन्न मुुलुक हो भन्दै देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा कसैबाट आघात हुने काम भएको सहन नसक्ने बताए ।

ad

उनले नेपालको भूमिमाथि नेपालको सहभागिता, स्वीकृति र जानकारीबिना दुई देशका विदेशमन्त्रीस्तरीय बैठकले सीमा व्यापार गर्ने विषयमा भएको सम्झौताको नेकपा (एमाले) संसदीय दलको तर्फबाट गम्भीर विरोध र असहमति जनाए ।