काठमाडौं । साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को १८ वटा निर्णय बिहिबार सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को १८ निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

१ अ स्टटी टुर अन इन्टर गभर्मेण्टल कर्पोरेशन एण्ड कम्पिटेटिभ इन द स्विस फेडेरल सिस्टम विषयक कार्यक्रममा सहभागी हुन २०६२ भदौ १५ देखि २१ गतेसम्म मधेस प्रदेशका मुख्यमन्त्री माननीय सतिशकुमार सिंहको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत गर्ने ।

ad

२. २०८२ असोज ६ गतेदेखि १० गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियन अर्गनाइजेशन अफ सुप्रिम इन्स्टिट्युशन ब्रोकेरिङ अप्सक्याल्ड एसएआई सपोर्ट वर्कसपमा सहभागी हुन उपमहालेखापरीक्षक श्री बिन्दु विष्टलाई स्वीकृति दिने ।

३. दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर ९करिव १ अर्ब २५ करोड नेपाली रूपियाँ मात्र० अनुदान सहायता स्वीकार गर्ने ।

४. आर्थिक वर्ष २०८२र८३ को लागि मोटा धानको प्रति क्विन्टल रु। ३४६३। ८१ र मध्यम धानको प्रति क्विन्टल ३६२८। ३३ न्युनतम समर्थन मूल्य तोक्ने ।

५. २०८२ भदौ ३१ देखि असोज २ गतेसम्म गणतन्त्र कोरियाको सिओल शहरमा आयोजना हुने ग्लोवल इन्फास्ट्रक्चर कमोप्रेसन कन्फ्रेन्स २०२५ कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।

६. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा। रमेशप्रसाद चौलागाई भक्तपुरलाई नियुक्त गर्ने ।

७. नेपाल सरकारको नाममा दर्ता कायम रहेको बाजुरा जिल्ला साविक बाँधु गा।वि।स। वडा नं। ४ को ७४८५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा प्रशासकीय भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने ।

८. नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको तेह्रथुम जिल्ला साविक म्याङलुङ गा।वि।स। वडा नं। ९ को ०–१४–०–२ जग्गा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय तेह्रथुमको कार्यालय भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।

९. बाजुरा जिल्ला साविक बाँधु गा।वि।स। वडा नं। ४ को २३०५५ वर्गमिटर जग्गा धुलाचौर स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि हिमाली गाउँपालिका बाजुरालाई प्रयोग गर्न स्वीकृति दिने ।

१०. २०८२ भदौ २४ देखि २६ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने मिनिस्ट्रयल राउण्डटेबल सेसन ड्रुइङ द एशिया प्यासिफिक रेजिनल रोड सेफ्टी कन्फ्रेन्समा सहभागी हुन माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।

११. नेपाली सेनाका एकजना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने र एक जना सहायक रथीको पदावधि थप गर्ने ।

१२. स्कुल मिल्स क्वेलिसनको आयोजनामा ब्राजिलको फोर्टालेजामा २०८२ असोज २ देखि ३ गतेसम्म आयोजना हुने सेकेण्ड ग्लोवल समिट अफ द स्कुल मिल्स क्वेलिसनमा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने ।

१३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, व्यावसायिक प्रशिक्षण केन्द्र, बुटवल र व्यावसायिक प्रशिक्षण केन्द्र, ईटहरीको लागि आ।व २०८२र८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

१४. २०८२ असोज ७ देखि १७ गतेसम्म क्यानाडाको मन्ट्रियलमा आयोजना हुने इन्टरनेशनल सिभिल एभिएशन अर्गनाइजेशनको फोर्टी सेकेण्ड अफ द एसेम्ब्लीमा सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिने ।

१५. राष्ट्रिय समाचार समितिको रिक्त महाप्रवन्धक पदमा श्री सन्दीप राई पाँचथरलाई नियुक्त गर्ने ।

१६. सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र सेवाप्रदायकमार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गर्ने ।

१७. नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने

कार र भ्यानहरूको काठमाडौं आउँदा रु. ६५ र जाँदा रु.६०, मिनी बस रट्रकको काठमाडौं आउँदा रु. ११५ र जाँदा रु.८०, बस र ट्रकको काठमाडौं आउँदा रु.२६० र जाँदा रु.२००, भारी उपकरणको काठमाडौं आउँदा रु.६०० र जाँदा रु.२५०

१८. राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गर्ने ।