
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव आज नेपाली कांग्रेस प्रवेश गरेका छन्।
आज पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी कांग्रेस सभापति देउवाले यादवलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका हुन्।
तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपामा पुगेका यादव पछिल्लो समय निष्क्रिय रहँदै आएका थिए। उनलाई कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र मधेस प्रदेश सभापति कृष्ण यादवसँगको संवादपछि उनलाई नेपाली कांग्रेसमा भित्र्याइएको थियो ।









Facebook Comments