काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको बताएका छन् ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले केन्द्रीय कार्यालय सानेपामा आज गरेको ुडिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असरु विषयक अन्तर्क्रियामा बोल्दै सभापति देउवाले कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चारसम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्ती र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको भन्दै प्रविधिको क्षेत्रमा धेरै काम अझै गर्न बाँकी नै भएको बताए । उनले डिजिटल माध्यमको सबैले सकारात्मक प्रयोग गरेर समाज राष्ट्रमा योगदान पु¥याउन सक्ने बताए ।

ad

कांग्रेस डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्‍याई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धिकेन्द्रित प्रविधि नीति बनाउने पक्षमा रहेको पनि सभापति देउवाले बताए ।