काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानु अगाडि चीन भ्रमणमा जाने भएका छन् । तियानचिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको चीन भ्रमणमा जान लागेका हुन् ।

एससीओको शिखर सम्मेलन सम्मेलन भदौ १५ र १६ गते हुनेछ । त्यसमा सहभागी हुन प्रधानमन्त्री ओली भदौ १४ गते बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

ad

शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुँदैछन् । प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका हुन् ।