
काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा सर्वसम्मत पारित गरेको दुई वर्षे कुलिङ अफ पिरियडको प्रावधानमा छलछाम गरिएको सम्बन्धमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने तयारी गरेका छन् ।
कुलिङको छलछाम छानविन गर्न सांसद तथा कांग्रेसका सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित संसदीय विशेष समितिले सभापति खतिवडाको नै छलछाममा राजनीतिक तथा नैतिक जिम्मेवारी भएको ठहर गर्दै प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि खतिवडालाई राजीनामा गर्न सत्तापक्ष र विपक्षी दलका सांसदहरुले माग गरिरहेको अवस्थामा खतिवडा राजीनामा गर्ने मनस्थितिमा पुगेका हुन् । खतिवडाले सभामुख घिमिरेसँग संसदमा बोल्नका लागि आज विशेष समय समेत मागेका छन् ।









Facebook Comments