
काठमाडौं । निजामती कर्मचारीले राजीनामा वा अवकाश पाएको दुई वर्षसम्म नियुक्ति नदिने गरी कुलिङ पिरियडमा व्यवस्था गरे पनि प्रतिनिधि सभाबाट पारित भएर आउँदा हेरफेर भएपछि सांसद जीवन परियारको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
समितिका सभापति नेपाली कांग्रेसका सांसद जीवन परियारले १०१ पृष्ठको प्रतिवेदन नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा आयोजित कार्यक्रमबीच सभामुख घिमिरेलाई बुझाएका हुन् ।
प्रतिवेदन आजै अपरान्ह बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।









Facebook Comments