
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको जनमत घट्दै जानुको जिम्मा अध्यक्ष प्रचण्डले लिनुपर्ने बताएका छन् । पार्टी बिग्रिएको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्न तयार भएको उनको स्पष्टोक्ति छ ।
पार्टीको आज बसेको स्थायी समितिको बैठकमा आफ्नो धारणा राख्दै शर्माले अध्यक्ष प्रचण्डकै कारण बिसं २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको आरोप लगाए । अध्यक्ष प्रचण्डले विधि र पद्धतिलाई मनपरि चलाएको आरोप लगाउँदै उनले पार्टीमा अध्यक्ष प्रचण्डले नै गुट चलाएको बताएका छन् ।
शुक्रबारदेखि शुरु भएको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा बोल्ने अधिकांश नेताहरुले शर्माले विधिको उल्लंघन गरी सार्वजनिक मञ्चमा अध्यक्ष प्रचण्डको आलोचना गरेको भन्दै शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका छन् ।









Facebook Comments