
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टीबाट नैतिकताका आधारमा बिदा लिन सुझाव समेत दिए ।
विराटनगर विमानस्थलमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिएका हुुन् ।खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको नेपालले बताए ।
नेपालले केपी शर्मा ओलीको अंहकारका कारण नेपालको कम्युनिस्ट आन्दोलनलाई सकिने मोडमा पुगेको बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीलाई बिदाइ नगरेसम्म मुलुक पीडाबाट मुक्त हुन नसक्ने उनले दावी गरे । पूर्वराष्ट्रिपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोकेकोप्रति नेपालले भने– निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलनको अस्तित्व समाप्त हुनेछ । उनले पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रिपतिलाई राजनीतिमा सक्रिय हुन संविधान र कानुनले नरोकेको पनि बताए ।
उनले राजनीतिक प्रतिशोध साँध्न आफूमाथि मुद्दा लगाइएको पनि बताए । आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको उनको दावी थियो ।









Facebook Comments