
काठमाडौं । गृह मन्त्रालयले विभिन्न मितिको निर्णयानुसार सरुवा तथा पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरुलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।
आज एक सूचना जारी गर्दै गृह मन्त्रालयले हाजिर हुन नगएका २३ जना कर्मचारीहरुको नामसमेत सार्वजनिक गरेको छ । मन्त्रालयले आफ्नो वेभ साइटमा सूची सार्वजनिक गर्दै १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो ।









Facebook Comments