
काठमाडौं । संसदीय दल नेताको हैसियत गुमाएका बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री तामाङले आफूले राजीनामा नदिने बताएका छन्। उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ‘मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था नभएको बताउँदै मुख्यमन्त्रीबाट राजीनामा नदिने बताए ।
गठबन्धन सरकार रहेकाले मुख्यमन्त्री हुन दल नेता हुन आवश्यक नरहेको उनको भनाई छ । अहिले दल नेता रिक्त भएको अवस्था छ, मुख्यमन्त्रीबाट भने म राजीनामा दिन्न, उनले भने । संसदीय दल र सरकार फरक विषय भएको उनले बताए । उनले आफूविरुद्ध केही मन्त्रीहरुले प्रपञ्च गरेको पनि खुलाए । ‘मेरै पाँच जना मन्त्री र नेताहरू पनि प्रपञ्चमा रहेछन्, नेताहरू यसरी लाग्नु राम्रो पनि होइन, उनले भने ।
आफूमाथि विभिन्न आरोप लगाइएको भन्दै उनले यसले कांग्रेसलाई फाइदा नपुग्ने भन्दै लोकतान्त्रिक विधिअनुसार संसदीय दल नेता छान्ने विधि प्रयोग हुने पनि बताए ।










Facebook Comments