काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार देशलाई असफल बनाउने दिशातिर गएको आरोप लगाएका छन् ।

वाइसिएल नेपाल केन्द्रीय समितिले ललितपुरको सुनाकोठीस्थित बालकुमारी चौरमा आज आयोजित ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानको शुभारम्भ गर्दै सरकारले टेक्ने हरेक ठाउँमा भ्रष्टाचार बाहेक अरु केही पनि नरहेको बताए ।

ad

उनले परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै यसलाई असफल बनाउनुपर्नेमा पनि जोड दिए । सरकार स्वयंबाट सुशासनको विरुद्धमा निकै ठूलो षड्यन्त्र भइरहेको उनले बताए ।