
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको विधान महाधवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भएकाले अहिले कुनै नेताका नाममा कित्ताकाट गर्न जरुरी नभएको बताएका छन् । उनले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको पनि बताए ।
आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने बताए ।
उनले राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो, जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ, महासचिव पोखरेलले भने ।
उनले एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको पनि महासचिव पोखरेले बताए ।








Facebook Comments