काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हिरासतमा रहेका रवि लामिछानेलाई अमानवीय व्यवहार भएको बारेमा सोधपुछका लागि बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गएको मंसिर २० गते बुधबार चितवनबाट रातारात पोखरा पुर्‍याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आयोगमा उजुरी परेको थियो ।

ad

सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई बोलाइएको आयोगका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
आईजीपी कुँवरलाई आजै आयोगमा बोलाइएको हो ।