काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

सउदी अरेबियाको नेपाललाई १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।  
नेपालका लागि गुलसन झाले अविजित ४४ रन बनाए। उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। लगातार ३ जितसंगै नेपाल समूह ‘ए’ को पहिलो स्थानमा उक्लिएको छ। नेपाली टोलीले आजको जितसंगै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ।

ad

नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियाविरुद्ध छ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङविरुद्ध खेल्ने तालिका छ ।